
जिल्ला प्रहरी रूपन्देहीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नवनिर्मित भवनको बुधवार उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले स्वार्थभन्दा माथि उठेर काम गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिए । त्यसका लागि आन्तरिक सुदृढीकरण पहिलो प्राथमिकता रहेको उनले बताए । 'हरेक प्रहरीको खाता चेक गर्दै छौं । प्रहरी अफिसरको मात्र होइन उनीहरूका आफन्त, साथीभाइको पनि चेक हुन्छ,' उनले भने, 'काम गर्दा सबैले ख्याल गर्नुहोला ।'
उद्घाटन समारोहमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबैको क्रियाशीलताले जीर्ण भवन सुविधासम्पन्न बनेको बताए ।
१४ करोड ९६ लाख कार्यालय, कारागार र सामूहिक मेस भवन बनेको प्रहरी इन्जिनियर रोशन सारूले बताए ।