
तनहुँको पृथ्वी राजमार्गमा ब्रेक फेल भएको बसले ठक्कर दिँदा लगातार ६ गाडीहरू दुर्घटनामा परेका छन् । दुर्घटनामा ४ जना सामान्य घाइते भएको तनहुँ प्रहरीले लोकान्तरलाई जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विनितकुमार हुमागाईंका अनुसार ना ५ ख २०३४ नम्बरको बसले ब्रेक फेल भएपछि बन्दीपुर गाउँपालिका-१ रिमाल्नीस्थित पुलनजिक अन्य गाडीहरूमा गएर ठोकिएको हो ।
बसले पहिला ट्रकलाई ठक्कर दिएर लूकिङ ग्लासमा क्षति पुर्याएपछि बोलेरोलाई ठक्कर दिएको अनि बोलेरोले अर्को बसलाई ठक्कर दिएको हो ।
पुनः बसले हाइस र हाइसले अर्को बोलेरोलाई ठक्कर दिएका थिए । ठक्करबाट कुनै हताहत भने हुन पाएन । घाइते भएका ४ जना सामान्य उपचारपछि फर्किसकेको हुमागाईंले बताए ।
दुर्घटनामा ग ३ च ८३९० नम्बरको बोलेरो चालक २४ वर्षीय नवराज गोले, बोलेरोमा सवार ५९ वर्षीय देवीलाल कडेल, ४९ वर्षीया विमला कँडेल र ना १ च ८४३४ नम्बरको बोलेरोका सहचालक ४६ वर्षीय निरतारिख बाबु घाइते भएका छन् । घाइते सबैको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भएको थियो ।