०४ असार २०८३, बिहीबार

हकिङको पीएचडी थेसिस २० लाखभन्दा बढी हेरियो

कात्तिक २०, २०७४
हकिङको पीएचडी थेसिस २० लाखभन्दा बढी हेरियो

काठमाडौं, १४ कात्तिक — बेलायती भौतिकशास्त्री स्टिफन हकिङको पीएचडी थेसिस अनलाइनमा राखिएपछि अहिलेसम्म २० लाखभन्दा बढी हेरिएको छ । अनलाइनमा यो थेसिसलाई धेरै मानिसहरूले सर्च गरिरहेका छन् ।


हकिङले सन् १९६६ मा यसमाथि काम गरेका थिए । क्याम्ब्रिज विश्वविद्यालयले अघिल्लो हप्ता यसलाई अनलाइनमा सार्वजनिक गरेको थियो ।

थेसिस अत्यन्तै लोकप्रिय रह्यो । पहिलो दिन त क्याम्ब्रिजको पब्लिकेसन सेक्सन नै क्य्राश भयो । प्रपर्टीज अफ एक्सपान्डिङ युनिभर्सेस शीर्षक पीएचडी थेसिसलाई पाँच लाखभन्दा बढी मानिसले डाउनलोड गर्ने प्रयास गरे ।

क्याम्ब्रिज विश्वविद्यालयको आर्थर स्मिथले विश्वविद्यालयको अपोलो संग्रहमा सबभन्दा बढी हेरिएको दस्तावेज नै यही भएको बताए । हकिङले १३४ पृष्ठको यो थेसिस २४ वर्षको उमेरमा लेखेका थिए ।

अनलाइनमा सार्वजनिक हुनुअघि हकिङको थेसिस हेर्नका लागि विश्वविद्यालयको पुस्तकालयलाई ६५ पाउन्ड तिर्नुपर्थ्यो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्