१५ असार २०८३, सोमबार

मन्त्री पाण्डेद्वारा नतिजा देखिनेगरी काम गर्न निर्देशन

भदौ १२, २०८१
काठमाडौं
मन्त्री पाण्डेद्वारा नतिजा देखिनेगरी काम गर्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिनेगरी काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । 

पर्यटन सम्बद्ध निकायसँग आज छलफलका क्रममा उनले कुन निकायमा कुन ऐन कानुनको खाँचो छ, प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “मैले हरेक दिनलाई परीक्षाका रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु ।”

उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वाभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्नसमेत मातहतका निकायलाई आग्रह गरे । उनले मन्त्री, सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । 

salt training

कमेन्ट गर्नुहोस्