
काठमाडौं, १४ कात्तिक — मंगलवार हरिबोधिनी वा ठूली एकादशी परेको छ । असारमा हरिशयनी एकादशीको दिन भगवान् विष्णु क्षीरसागरमा सुत्न गएको चार महिनापछि अर्थात् कार्तिक शुक्ल पूर्णिमाको दिन जाग्नुहुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

आजको दिनदेखि शुभ मंगल कार्य जस्तै विवाह गर्न मिल्छ । आजको एकादशीमा व्रत राख्ने मानिसले एक हजार यज्ञ गरेबराबरको फल पाउँछ ।
व्रत गर्ने मानिसले बिहानै उठेर स्नानादि गरिसकेपछि आँगनमा गेरुले भगवान् विष्णुका चरणको चित्र बनाएर ढाक्नुपर्छ ।
भरे राति सुभाषितस्तोत्र, श्रीमद्भागवत तथा अन्य पुराण र गीताको पाठ गर्दै भजन कीर्तन गर्नुहोस् ।
यो मन्त्रको उच्चारण गर्दै भगवानलाई जगाउनुस् :
उत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पतये।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तं भवेदिदम्॥
उत्थिते चेष्टते सर्वमुत्तिष्ठोत्तिष्ठ माधव।
गतामेघा वियच्चैव निर्मलं निर्मलादिशः॥
शारदानि च पुष्पाणि गृहाण मम केशव।