ओप्पोले आफ्नो नयाँ ए सिरिजको स्मार्टफोन ‘ओप्पो ए३’ सार्वजनिक गरेको छ ।
ओप्पो ए३ मा ५१०० एमएएच ब्याट्री र ४५ वाट सुपरभोक टीएम फ्ल्यास चार्ज रहेको कम्पनीले जनाएको छ ।
यसमा थप एक हजार निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युम मोड, स्न्याप ड्रागन, पर्याप्त मेमोरी, गेमिङ र भिडियो स्ट्रिमिङका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । ओप्पो ए३ दुई भेरिएन्टमा उपलब्ध छ ।
नेपालमा ओप्पो एथ्र दुई भिन्न रंग स्टारलाइट व्हाइट र स्टार्री पर्पलमा उपलब्ध छन् । यी मोडेलहरू ग्लसी प्यानलमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
यसको मूल्य ६ जीबी (6GB±128GB) स्टोरेज भेरियन्टको २२ हजार ९९९ र ८ जीबी (8GB RAM ± 256GB) भेरियन्टको २७ हजार ९९९ तोकिएको छ ।