२३ जेठ २०८३, शनिबार

सुन तस्करीको पारदर्शी छानबिन भएको भए माओवादी हेडक्वाटरका सबै नेता जेलमा हुन्थे– पदम गिरी

भदौ १३, २०८१
काठमाडौं
सुन तस्करीको पारदर्शी छानबिन भएको भए माओवादी हेडक्वाटरका सबै नेता जेलमा हुन्थे– पदम गिरी

नेकपा (एमाले)का सांसद एवं पूर्वकानूनमन्त्री पदम गिरीले सुन तस्करीको पारदर्शी छानबिन भएको भए नेकपा (माओवादी केन्द्र)को हेडक्वाटर सबै तानिने दाबी गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सबैलाई उन्मुक्ति दिने काम गरेको उनले आरोप लगाए । 

बिहीवार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद गिरीले प्रचण्डले कांग्रेस–एमाले सरकारलाई बिचौलियाले बनाएको भनेकोप्रति आपत्ति जनाएका हुन् । 

‘कमरेड प्रचण्डको नेतृत्वमा सरकार रहँदा सुन तस्करीमा इतिहास रच्ने काम भएको छ । सही र पारदर्शी ढंगले छानबिन भएको भए हेडक्वाटरमा कोही रहँदैनथ्यो होला, अहिले जेलको छिडीमा हुन्थे होला,’ उनले प्रश्न गरे, ‘सुन तस्करीमा सबैलाई उन्मुक्ति दिने काम भयो भएन ? म सुशासनको पक्षमा, बाँकी सबै बिचौलिया भन्ने न्याय संगत हुनुसक्छ ?’

सुशासनको गफ गरेपनि प्रचण्डले बालुवाटारको ललिता निवास प्रकरणमा निर्णय गर्ने पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिन बालुवाटारमा बैठक राखेको आरोप लगाए । 
 

salt training

कमेन्ट गर्नुहोस्