२४ जेठ २०८३, आइतबार

गाडी खरिद गर्न स्थिर ब्याजदरमा ८० प्रतिशतसम्मको ऋण दिँदै कृषि विकास बैंक

भदौ १३, २०८१
काठमाडौं
गाडी खरिद गर्न स्थिर ब्याजदरमा ८० प्रतिशतसम्मको ऋण दिँदै कृषि विकास बैंक

कृषि विकास बैंकले ‘नाडा अटो शो’मा गाडी खरिद गर्न स्थिर ब्याजदरमा ८० प्रतिशतसम्म ऋण प्रदान गरिरहेको छ । मंगलवारदेखि भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२४’मा गाडी खरिद गर्नका लागि बैंकले स्थिर ब्याजदरमा ८० प्रतिशतसम्मको ‘अटो लोन’ प्रदान गरिरहेको हो ।

null 

देशकै सबैभन्दा ठूलो अटोमोबाइल्सको प्रदर्शनी मेलामा बैंकहरूले सस्तोमा धमाधम ऋण प्रदान गर्ने घोषणा गरिरहेका छन् । गाडी खरिद गर्ने इच्छा भएकाहरूका लागि कृषि विकास बैंकले ७ वर्षसम्मको स्थिर ब्याजदरमा अटो लोन ल्याएको हो । 

कृषि विकास बैंकले अटो शोमा विद्युतीय गाडी खरिद गर्दा ८० प्रतिशतसम्म ऋण प्रदान गर्ने जनाएको छ । जसका लागि फ्लोट अर्थात परिवर्तितमा ७.९९ प्रतिशत र फिक्स अर्थात् स्थिरमा ८.९९ प्रतिशत ब्याजदरमा गाडी खरिदका लागि बैंकले ऋण प्रदान गरिरहेको छ ।

null

त्यस्तै, विद्युतीय गाडीबाहेक जुनसुकै इन्धनबाट चल्ने गाडी खरिद गर्नेहरूलाई ५० प्रतिशतसम्म बैंकले ऋण प्रदान गर्नेछ । इन्धन गाडीहरूका लागि पनि स्थिरमा ८.९९ प्रतिशत र चल्ती अर्थात् परिवर्तित ७.९९ प्रतिशत ब्याजदरमा ऋण प्रदान गरिनेछ । 

बैंकले ऋण प्रदान गर्दा लिने सर्भिस चार्जमा ३३ प्रतिशतको छुट दिइरहेको छ । जहाँ नाडा अटोबाट गाडी खरिद गर्नेहरूका लागि ०.५ प्रतिशत सर्भिस चार्ज लिइने जनाएको छ । सामान्यतया बैंकबाट ऋण लिँदा ०.७५ प्रतिशत सर्भिस चार्ज लिँदै आएको छ ।  तर, नाडा अटो शो २०२४ का लागि बैंकले विशेष अफरमा यस्तो स्थिर ऋण प्रदान गरिरहेको छ । 

null

यसका साथै बैंकले होम लोन, एजुकेसन लोन, बिजनेस लोन, सर्भिस लोनका साथै कृषि लोनलगायत विभिन्न लोन प्रदान गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्