२९ जेठ २०८३, शुक्रबार

श्याम ज्ञवालीसहित प्रहरी अधिकृतहरूको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

भदौ १३, २०८१
काठमाडौं
श्याम ज्ञवालीसहित प्रहरी अधिकृतहरूको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

एआईजी श्यामलाल ज्ञवालीसहितका प्रहरी अधिकारीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।

न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले बिहीबार उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश मात्र जारी गरेपछि ज्ञवालीलगायतको अवकाश नरोकिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्