०८ साउन २०८३, शुक्रबार

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

भदौ १४, २०८१
काठमाडौं
पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रवार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । 

सरकारी उद्धार संस्था रेस्क्यू ११२२ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगत केही दिनदेखि भारी वर्षा भइरहेको माथिल्लो दिर जिल्लामा पहिरोमा तीन महिला, छ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ ।’

पहिरोमा परी मृत्यु भएका उनीहरू एकै परिवारका सदस्य थिए र घरभित्र सुतिरहेका थिए ।

भग्नावशेषबाट सबै शव निकालिएको र पहिरोले ल्याएको माटो र ढुङ्गाको थुप्रोलाई हटाउने काम जारी छ ।

पाकिस्तानका केही भागमा अहिले मुसलधारे वर्षा भइरहेको छ, जसका कारण धेरै जिल्लामा आकस्मिक बाढी, डुबान र पहिरोको समस्या देखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्