२३ जेठ २०८३, शनिबार

अब सोमपाल ‘टेन प्लास्ट इन्डस्ट्रिज’काे ब्रान्ड एम्बेसडर

भदौ १४, २०८१
बुटवल
अब सोमपाल ‘टेन प्लास्ट इन्डस्ट्रिज’काे ब्रान्ड एम्बेसडर

नवलपरासीको रामग्राममा रहेको टेन प्लास्ट इन्डस्ट्रिजका उत्पादनको ब्रान्ड एम्बेसडरमा क्रिकेटर सोमपाल कामी अनुबन्धित भएका छन् । 

शुक्रवार भैरहवामा आयोजित एक कार्यक्रममा उद्योगका अध्यक्ष धीरज अग्रवालले सोमपाललाई उद्योगको प्लम्बिङ पाइप हस्तान्तरण गर्दै एम्बेसडरमा अनुबन्धित गराएका हुन् । 

उद्योगसँग अनुबन्धको सम्झौता १५ महिनासम्म लागू हुने उद्योगले जनाएको छ । सो अवसरमा क्रिकेटर सोमपालले उद्योगका अध्यक्ष अग्रवाल क्रिकेटप्रेमीसमेत भएको, उद्योगको नाम र आफ्नो जर्सी नम्बर (टेन) समेत मिलेकाले स्वदेशी उद्योगका प्रवर्द्धनमा आफू अनुबन्धित भएको बताए ।  

अध्यक्ष अग्रवालले एक अर्ब लगानीमा २०७७ सालमा स्थापना भएको उद्योगले नेपालमै पहिलोपटक इटालियन प्रविधिबाट प्लम्बिङसम्बन्धी सबै सामान एउटै उद्योगबाट उत्पादन गरिरहेको र १०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको जानकारी दिए ।

नेपाल गुणस्तर चिन्हसमेत प्राप्त गरेको उद्योगले जापान, थाइल्यान्डलगायत देशबाट कच्चा पदार्थ आयात गरिरहेको अग्रवालले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्