![मैलुङ्ग झरनामा आन्तरिक पर्यटकको ओइरो [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/mailung_jharna_1_nf29zbhwKt.jpg)
रसुवाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना गर्मी छल्ने आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

चलनचल्तीको रूपमा भाङ्गे झरनाको नामले समेत चिनिने मैनुङ्ग झरना अहिले सामाजिक सञ्जालमा समेत चर्चित भएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएसँगै झरना हेर्न आउने, टिकटक बनाउने र रमाउने आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

राजधानी काठमाडौंदेखि करिब ७० किलोमिटर दूरीमा रहेको झरना मोटरबाइक र बसको प्रयोग गरी पुग्न सकिन्छ । जहाँ त्रिसुली नदी मुनिबाट बगेको छ भने मैलुङ्ग झरना माथिपट्टी रहेको छ ।

गर्मी बढेसँगै झरनामा गर्मी छल्न मान्छेको भीड बढ्ने गरेको स्थानीयहरू बताउँछन् ।








