२७ जेठ २०८३, बुधबार

सञ्चारमन्त्री गुरुङको आक्रोश- कहीँ नभएको जात्रा गण्डकीमा भएको छ

भदौ १५, २०८१
काठमाडौं
सञ्चारमन्त्री गुरुङको आक्रोश- कहीँ नभएको जात्रा गण्डकीमा भएको छ
फाइल तस्वीर

सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा देखिएको किचलोप्रति असन्तुष्टि जनाएका छन् । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण बनेको लामो समयसम्म पनि गण्डकीमा सत्ता सहकार्य नभएकोमा उनले असन्तुष्टि जनाएका हुन् । 

कास्कीको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले गण्डकीमा कहीँ नभएको जात्रा देखाइएको टिप्पणी गरे ।

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्थे अहिले गण्डकीमा भएको छ । यो उहाँ (मुख्यमन्त्री)को निजी शासन हो र ? उहाँले प्राइभेट कम्पनी चलाएको होइन होला नि !’, उनले भने, ‘मलाई दु:खमा साथ दिएको भन्नुहुन्छ । माथिको समीकरण अनुसार हुनुपर्छ । उहाँले त अगाडिको प्रणाली चलाइरहनु भएको छ, यो गलत कुरा हो ।’

गण्डकीमा मन्त्रालय भागबन्डामा कुरा नमिल्दा कांग्रेस-एमालेबीच सत्ता सहकार्य हुन सकेको छैन । सरकारमा सहभागी दीपक मनाङे र फणिन्द्र देवकोटालाई पुन: सरकारमै राख्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अडान छ । 

उनले केन्द्रकै समीकरण अनुसार प्रदेश सरकार गठन हुनुपर्ने भन्दै दु:खमा साथ दिएको भनेर समीकरणभन्दा बाहिरकोलाई मन्त्री बनाउन नहुने तर्क गरे । उनीहरूले आफूलाई साथ दिएको भन्दै मुख्यमन्त्री पाण्डेले सरकारम राख्न चाहेका छन् । 

मधेशमा २० बाट ११ को संख्यामा झारिसकेको अवस्थामा गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद् हुनुपर्ने उनले बताए । त्यसभन्दा माथि कांग्रेस-एमालेलाई ४/४ हुने गरी ८ सम्म पुग्न सकिने बताए । ‘७ भन्दा बढी नबढाउने भनेको हो । मधेशमा २० बाट ११ मा झारिसक्यो । यहाँ पनि झार्नु पर्‍यो,' उनले भने, ‘पहिले सहमति गर्ने ४/४ भाग पर्‍यो भने त्यसभित्रबाटै उहाँले मिलाउने हो । यसमा हाम्रो धेरै टाउको दुखाइ छैन ।’

salt training

कमेन्ट गर्नुहोस्