
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन् ।
अध्यक्ष नेपाल सम्मेलनमा सहभागी हुन गएराति ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने छ ।
‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा अध्यक्ष नेपाल सहभागी हुने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए।
अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा छलफल गर्ने जनाइएको छ । उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।
पार्टीको नेता तथा कार्यकर्ता उनलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अध्यक्ष नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ । उनीस्वदेश फर्किपछि पार्टीका विभिन्न विभाग, इन्चार्ज सहितका जिम्मेवारी तोकिने जनाइएको छ ।