
अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका एक नेपाली मृतावस्थामा फेला परेका छन् ।
पर्वत घर भई मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ बर्षिय शान्तलाल प्रधान गत मंगलबार आफ्नै कोठामा मृत भेटिएका हुन् ।
सन् २०१५ मा अमेरिका पुगेका उनी सन् २०२२ यता मेरिल्याण्डमा व्यपारमा संलग्न रहेको बताइएको छ ।
शान्तकी पत्नीको साथै एक छोरी र एक छोरा रहेको उनका साथी रमेश आश्चर्यले जानकारी दिए ।