जेठ ८, २०८१
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...
बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ‘ट्रान्समिशन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेका विद्यालयमा हात्तीपाइले रोगको दोस्रो चरणको ट्रान्समिशन सर्भे सुरु गरिएको हो । कक्षा १ र २ मा अध्ययनरत ६ देखि ७ वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिशन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरका ल्याब निरीक्षक राजकुमार इटनीले बताए । नयाँ सङ्क्रमण जाच्न बालबालिकाको सो उमेर समूह उपयुक्त मानिएको छ । बर्दियामा तीन सय ७३ विद्यालयका १८ हजार नौ सय ५० विद्यार्थीमध्ये ३७ विद्यालयका एक हजार पाँच सय ५२ विद्यार्थीहरुको नमूना परीक्षण गरिनेछ ।
उनका अनुसार रक्त नमूना जाँचका क्रममा पोजिटिभ देखिएका विद्यार्थीहरुको सङ्ख्या ‘एसएसबी’ ले दिएको ‘स्टाब्लिज्ड क्रिटिकल कट अफ’ १८ भन्दा कम भएमा टास सर्भे सफल भएको मानिन्छ । यदी १८ भन्दा बढी भएमा असफल मानिन्छ । असफल भएमा के गर्ने भन्ने विषयमा विज्ञहरुको सुझाव लिइन्छ । सर्भे फिल्डमा एक जनाले विद्यार्थीहरुको लाइनअनुसार नाम दर्ता र परामर्श दिने, एक जनाले नमूना सङ्कलन गर्ने र एक जनाले प्राप्त नमूनाको अभिलेख अद्यावधिक गर्ने गरी तीन जना खटिएका छन् ।
सन् २०२२ को तथ्याङ्कअनुसार दक्षिण पूर्वी एशियामा ५४ प्रतिशत हात्तीपाइले रोगको भार रहेको छ । जसमध्ये ४० प्रतिशत भारतमा छ । नेपालमा हात्तीपाइलेको जोखिममा ६४ जिल्ला छन् । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले मानिसलाई टोकेर ‘वुचेरिया ब्रानक्रोफ्टी’ नामक परिजीवी शरीरमा प्रवेश गरेपछि हात्तीपाइले रोग लाग्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...