०६ साउन २०८३, बुधबार
सरसर्ती २४ घण्टा

प्रहरीको सरुवामा स्वार्थ हाबी, बालेनलाई एमालेको ७ बुँदे ज्ञापनपत्र

भदौ १७, २०८१
काठमाडौं
प्रहरीको सरुवामा स्वार्थ हाबी, बालेनलाई एमालेको ७ बुँदे ज्ञापनपत्र

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सोधपुछ गरेको छ । 
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको १० दिनपछि कास्की प्रहरीको टोली पनि काठमाडौँनै आएर रविसँग सोधपुछ गरेको हो । 

 कास्कीका  डीएसपी वसन्त शर्मा नेतृत्वको सो टोलीले गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा खानतलासी गरेको थियो । पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिनाबारे अनुसन्धानका लागि काठमाडौँ आएको बेला टोलीले ३ वटा कम्पनीमा खानतलासी गर्दै रविसहित पूर्वडीआईजी छबिलाल जोशी बन्जाडे र बिपिन कर्माचार्यसँग समेत सोधपुछ गरेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिए । तर बयान कागज भने गरिएको छैन । 
००००
प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबारदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा सो पुस्तकालय सञ्चालनमा आएको हो ।
००००
नेपाली कांग्रेसले महासमिति बैठकमा पेश भएका तीनवटै प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकबाट पारित गरेको छ । महासमिति बैठकको ६ महिनापछि कांग्रेसले आइतवार ती प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।  

महासमितिको बैठकमा प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जनपछि तीनवटै प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको जानकारी महामन्त्री गगन थापाले दिए ।

यसैगरी कांग्रेसले विधानमा समयानुकूल संशोधन र परिमार्जनका लागि मस्यौदा तयार गर्न एक समिति गठन गर्ने निर्णय गरेको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताएका छन् । 

माओवादी केन्द्र बाँकेद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामले जनतामा माओवादी केन्द्रप्रति विश्वास बढाउने काम गरेको उल्लेख गरे ।
००००
गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर नौवटा बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नौवटा मन्त्रालय बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।

 नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीचको सहमतिअनुसार नौवटा मन्त्रालय बनाइएको जानकारी दिँदै उनले सङ्घीय गठबन्धनअनुुसार नै अघि बढेको बताए ।
००००
‘बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८०’लाई बढीभन्दा बढी समयानुकूल बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । उनीहरुले आर्थिक अपराधमा पक्राउ गरेर जेलमा राख्नेभन्दा पनि आर्थिक रुपमा नै सजाय गर्ने प्रबन्ध गर्दा राम्रो हुने तर्क गरेका छन् । 
अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८०’का सम्बन्धमा लगातार छलफल गरिरहेको छ ।
००००
नेकपा (माओवादी केन्द्र)ले आफ्ना उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजन गर्दैछन् भन्ने हल्लामा सत्यता नभएको भन्दै पार्टीमा सर्कुलर जारी गरेको छ । साउनमा बसेको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लिखित प्रस्ताव पेश गरेका थिए । 

अध्यक्ष प्रचण्ड र महासचिव देवराज गुरुङको हस्ताक्षरमा सार्वजनिक सर्कुलरमा जनार्दनले पार्टी फुटाउँदै छन् भन्ने प्रचारमा सत्यता नभएको उल्लेख छ । मिडियामा आएका त्यस्ता हल्लाले पार्टीलाई कमजोर बनाउने भन्दै कार्यकर्तालाई आश्वस्त पार्न सर्कुलर जारी गरिएको माओवादीले जनाएको छ ।  
माओवादीले यसअघिको सर्कुलरलाई संशोधन गरेर जनार्दनको विषय थपेहो । थपिएको विषयलाई बोल्ड गरेर मातहतका कमिटीमा पठाइएको 
००००
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १०३ जना अधिकृतले अवकाश पाएका छन् । उनीहरूले ३० वर्षे सेवाहदका कारण अवकाशमा गएका हुन् । 

प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । आइतबारबाट लागू हुनेगरी बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसी, एसएसपी जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मी छन् ।
००००
शेयर बजारमा आइतबार पनि भारी गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा झरेको छ ।
००००
प्रहरी अधिकृत (इन्सपेक्टरदेखि माथि)को दर्जामा नियमित सरुवा रोकिएको छ । गृह मन्त्रालयले सरुवामा चलखेल गर्न खोजेपछि सरुवा रोकिएको हो ।
प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर सरुवाका लागि सूची मन्त्रालयमा बुझाइसकेको छ । 
गृहमन्त्री रमेश लेखकले कार्यक्षमता र दक्षताका आधारमा सरुवा गर्नुपर्ने भन्दै सरुवा सूचीको ड्राफ्ट आफूले अध्ययन गर्ने जवाफ प्रहरी नेतृत्वलाई दिएका छन् ।
००००
नेपाल बार एसोसियसनले न्याय परिषद् घेराउ गरेको छ । न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेजीको माग गर्दै नेपाल बारले आइतबार मध्याह्न विरोध प्रदर्शन गरेको हो ।
००००
संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ शुरू गरेको छ । समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आइतबार चारको सुनुवाइ गरेको हो । 
००००
नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । 

महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोधमा बालेनलाई ज्ञापनपत्र बुझाएका हो ।
००००
यसैबीच  काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीलाई दबाब दिएका छन् ।

 आइतबार साँझ मेयर बालेनले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु कामदार राखेर बाल श्रमशोषण गरेकोमा पक्राउ नगरेको भन्दै सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् ।
यसैगरी अनेरास्ववियूका अध्यक्ष समिक बडालले जवाफमा बालेन अरुबाट परिचालित भनेर आरोप लगाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्