०६ साउन २०८३, बुधबार

भारी वर्षाका कारण भारतको तेलंगाना र आन्ध्र प्रदेशका धेरै क्षेत्रमा बाढी, ९ जनाको मृत्यु

भदौ १७, २०८१
काठमाडौं
भारी वर्षाका कारण भारतको तेलंगाना र आन्ध्र प्रदेशका धेरै क्षेत्रमा बाढी, ९ जनाको मृत्यु

भारतको तेलंगाना र आन्ध्र प्रदेशमा लगातार दोस्रो दिन पनि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै क्षेत्रमा बाढी आएको छ । रेल र बस सेवा प्रभावित भएको छ।

दुवै राज्यमा बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई निकालेर राहत शिविरमा लगिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

धेरै सावधानी अपनाए पनि तेलंगानामा ९ जनाको मृत्यु भएको तेलंगानाका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले बताएका छन् । 

तेलंगानाको महबुबाद र खम्मन जिल्लामा बाढीको पानीमा कम्तीमा तीन जना डुबेको आशंका गरिएको छ ।

मुख्यमन्त्री रेवन्त रेड्डीले आपतकालीन बैठक बोलाएका छन् । तेलंगाना र आन्ध्र प्रदेशका धेरै क्षेत्रमा भारी वर्षा जारी रहने अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्