३१ जेठ २०८३, आइतबार

नारायणगढ–बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छः मन्त्री दाहाल

भदौ १७, २०८१
काठमाडौं
नारायणगढ–बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छः मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताएका छन् । 

प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताए ।

मन्त्री दाहालले एक वर्षभित्र काम सक्नेगरी निर्माण कम्पनीसँग सहमति भएको बताए । 'सडक निर्माणको काम शुरू भएको लामो समय भइसकेको छ तर, प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौँ, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ,' उनले भने । 

मुख्य राजमार्गका रूपमा रहेको सडक निर्माणका लागि नेपाल सरकारका तर्फबाट कुनै समस्या नभएको मन्त्री दाहालले बताए । 'सरकारका तर्फबाट दिनुपर्ने भुक्तानी रोकिएको छैन, दिइरहेको अवस्था छ । काम चाँडो सक्न ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेकाले अब प्रगति हुन्छ,' उनले भने । 

उनले बर्सात सकिएपछि कामको गति हेरिने र कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने प्रष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्