२९ जेठ २०८३, शुक्रबार

एसियाली टेबलटेनिसमा २ खेलाडी सहभागी हुने

भदौ १७, २०८१
काठमाडौं
एसियाली टेबलटेनिसमा २ खेलाडी सहभागी हुने

एसियाली टेबलटेनिस च्याम्पियनसिपको २७ औं संस्करणमा नेपालबाट २ खेलाडी सहभागी हुने भएका छन् । 

अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट समान १–१ पुरुष÷महिला गरी २ खेलाडी छनोट गरिएको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जानकारी दिए । 
पुरुषमा संयोग कपाली र महिलामा इभाना थापा मगर छनोट भए । दुवै शीर्ष स्थानमा रहँदै छनोट भएका हुन् । एसियाली टेबलटेनिस काजाकस्तानमा अक्टोबर ७ देखि १३ तारिखसम्म हुनेछ । सोही छनोट प्रतियोगिताबाट पुरुष÷महिलामा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्