११ साउन २०८३, सोमबार

ढुंगेल पक्राउ गरिएकोमा विप्लवको आक्रोश (विज्ञप्तिसहित)

कात्तिक २०, २०७४
ढुंगेल पक्राउ गरिएकोमा विप्लवको आक्रोश (विज्ञप्तिसहित)

काठमाडौँ, १४ कात्तिक - नेत्रविक्रम चन्द विप्लव  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालीन मुद्दाको नाममा माओवादी नेता बालकृष्ण ढुंगेललाई गिरफ्तारपछि जेल चलान गरिएको घटनालाई शान्ति सम्झौताको मर्म विपरितको काम भएको जनाएको छ ।

सो पार्टीका महासचिव चन्दद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा क्रान्तिका क्रममा भएका घटनालाई व्यक्तिको नाममा अलग गरेर हेर्ने र अपराधीकरण गर्ने विषय नै गलत भएको उल्लेख गरिएको छ ।

नेता ढुंगेलको गिरफ्तारीको भत्सर्ना गरी रिहाइको माग गर्दै विज्ञप्तिमा भनिएको छ, “ढुंगेलको गिरफ्तारीले जनयुद्धलाई साथ दिने र आन्दोलनमा विशेष साथ दिनेलाई स्तब्ध पारेको छ ।”23131090_10208380973202448_742432907_o

salt training

कमेन्ट गर्नुहोस्