२४ जेठ २०८३, आइतबार

टानको अध्यक्षमा सागर पाण्डे निर्वाचित

भदौ १८, २०८१
काठमाडौं
टानको अध्यक्षमा सागर पाण्डे निर्वाचित

 ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष पदमा सागर पाण्डे  निर्वाचित भएका छन् । 

अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै सापकोटा विजयी भएका हुन् । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरेको निर्वाचन समितिले मंगलबार जनाएको छ । 

यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी हुँदा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् ।

त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएको जनाइएको छ । 

सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् । टानको नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्