२३ जेठ २०८३, शनिबार

हिलाम्मे सडकमा जोखिम पूर्ण यात्रा

भदौ १८, २०८१
काठमाडौं
हिलाम्मे सडकमा जोखिम पूर्ण यात्रा

बर्षाका कारण सडक हिलाम्मे भएकापछि अरनिको राजमार्गअतर्गत धुलिखेल-खावा सडक दैनिकजसो अवरुद्ध हुने गरेको छ । दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन् ।

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीको काम समयमै सम्पन्न नहुँदा यात्रुहरूले दिनहुँ सास्ती खेप्नु परेको हो । वर्षामा सडक हिलाम्मे हुँदा यात्रुहरूले कष्टकर यात्रा गर्न बाध्य छन् । 

सडक खण्डको विस्तार र स्तरोन्नती कार्यका २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्ने थियो । चार किलो मिटर सडकखण्डमध्ये दुई किमि सडक खण्डमा मात्रै निर्माण व्यवसायीले हालसम्म करिब ४० प्रतिशत कार्य सम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्