२० असार २०८३, शनिबार

राष्ट्रपति भवनमा प्रथम महिलाको तिज कार्यक्रम, पूर्वराष्ट्रपति भण्डारी पाहुना

भदौ १८, २०८१
काठमाडौं
राष्ट्रपति भवनमा प्रथम महिलाको तिज कार्यक्रम, पूर्वराष्ट्रपति भण्डारी पाहुना

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले प्रदान गरेका महिला हकअधिकारको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताएका छन् ।

प्रथम महिला सविता पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच विस्तारै विकास हुँदै गए पनि अधिकारको कार्यान्वयनमा अझै जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “आज समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाको अवस्था अब पहिलोको जस्तो छैन भन्ने मलाई लाग्छ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ, महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदैछ तर संविधान र कानुनले महिलालाई प्रदान गरेको हकअधिकारको प्रभावकारी कार्यान्वयनका लागि भने अझै क्रियाशील हुनुपर्ने आवश्यकता छ ।''

राष्ट्रपति पौडेलले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, सम्वर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गरे । 

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्री, महिला सांसद, विभिन्न ओहोदामा रहेका उच्चपदस्थ महिला अधिकारीको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्