२५ जेठ २०८३, सोमबार

एससीटीको चाडपर्वलक्षित ‘तिर्की दाउ’ अफर, ७७७ रुपैयाँसम्म क्यासब्याक

भदौ १८, २०८१
काठमाडौं
एससीटीको चाडपर्वलक्षित ‘तिर्की दाउ’ अफर, ७७७ रुपैयाँसम्म क्यासब्याक

स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी)ले नेपालीहरूका पर्व हरितालिका तीज, दशैं तथा दीपावली आदिलाई लक्षित गरेर ‘तिर्की दाउ’ अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत ‘एससीटी–यूपीआई’ डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा ‘पीओएस’ मार्फत विद्युतीय कारोबार गर्दा ७७७ रुपैयाँसम्मको क्यासब्याक पाउने छन् ।

‘एससीटी–यूपीआई’ डेबिट कार्ड नभएका ग्राहकले कार्ड जारी गर्न एससीटीसँग आबद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

‘ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको ‘एससीटी–यूपीआई’ डेबिट कार्ड प्रयोग गरेमा १११ को क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३३३ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्,’ कम्पनीले मंगलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै ग्राहकले सात वा सोभन्दा धेरै कारोबार गर्दा ७७७ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् । ‘हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनुपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ,’ कम्पनीले भनेको छ ।

भारतमा पनि नेपाली रुपैयाँ २ हजार ५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सकिने छ ।

यो अफर १ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म लागू हुने कम्पनीले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्