
युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो शहर खार्किभबाट १३० किलोमिटर टाढा छ।
यो शहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा परेको बीबीसीले जनाएको छ ।
रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो । जसले ५०० किलोमिटरसम्म मार हान्न सक्छ ।
हिजो राति युक्रेनी सेनाले क्राइमियाबाट इस्कन्डर मिसाइल प्रहार भएको बताएको थियो ।