०६ असार २०८३, शनिबार

रामग्राम विकास कोषले पायो पूर्णता

भदौ १९, २०८१
काठमाडौं
रामग्राम विकास कोषले पायो पूर्णता

भगवान गौतमबुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीमा अवस्थित रामग्राम स्तूपको चौतर्फी विकासका लागि गठित रामग्राम विकास समिति (कोष)ले पूर्णता पाएको छ ।

रामग्राम नगरपालिकाका प्रमुख पदेन संयोजक रहेको उक्त कोषमा विभिन्न विधाबाट चयन गरिने  अन्य चार विज्ञ सदस्यलाई मनोनयन गरिएसँगै  कोषले पूर्णता पाएको हो । 

स्थानीयवासीले रामग्राम स्तूपसँग सम्बन्धित अन्य स्थानको विकासका लागि रामग्राम विकास कोष बनाउन गरेको माग रामग्राम नगरपालिकाको नगरसभाद्वारा ‘रामग्राम विकास समिति ऐन, २०८०’ पारित गरिएको थियो । 

सो ऐनअनुसार अन्य सदस्यको मनोनयन गरि पूर्णता प्रदान गरिएको नगरप्रमुख धनपत यादवले जानकारी दिए । उक्त समितिमा कैलाश ठाकुर, नारद यादव, रामप्रसाद पाण्डे र बेचु गौडलाई मनोनयन गरिएको हो ।

डेढ दशकदेखि स्थानीय सङ्घसंस्थाले माग गरे अनुसार रामग्राम विकास समिति (कोष)ले पूर्णता पाएको छ । ‘छिट्टै कार्ययोजना बनाइ काम अगाडि बढाइने छ’, उनले भने । 

चालू आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले  रामग्राम स्तूप क्षेत्रमा अत्यावश्यक काम गर्न रु ४० लाख बजेट विनियोजन गरेको छ । 

दातृ निकायलाई रामग्राम विकास कोष वृद्धिका लागि आह्वान गरी विकासलाई निरन्तरता दिइने नगर प्रमुख यादवले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्