
सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग सत्ता सञ्चालनका सम्बन्धमा कुनै मतभेद नरहेको बताएका छन् ।
लोकतान्त्रिक प्रणाली जोगाउन कांग्रेस–एमाले सहकार्य भएको उनको दाबी छ ।
निजामती कर्मचारी युनियनले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले एमाले मुख्य प्रतिस्पर्धी पार्टी भएपनि अहिले एमालेसँग मतभेद नरहेको बताए ।
‘प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ, त्यसमा हामी सबै लाग्नुछ । एमालेका लागि कांग्रेस र कांग्रेसका लागि एमाले प्रतिस्पर्धी पार्टी होला, तर, बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीबीच कुनै मतभेद छैन ।’
संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउन प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच समझदारी रहेको उनले बताए ।
कांग्रेस र एमालेबीच झण्डै २ महिना देखि सत्ता सहयात्रा चलिरहेको छ ।