०५ साउन २०८३, मंगलबार

संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ : प्रचण्ड

भदौ २०, २०८१
काठमाडौं
संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलका नेताहरूले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिको भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान गरेका छन् । 

शहीदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानविपरीतका अभिव्यक्तिको भण्डाफोर गर्न आह्वान गरेका हुन् । 

शहीदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको भन्दै उहाँले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने उनले बताए । ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर, संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन्,' उनले भने, 'तर अहिले कतिपय सत्तारूढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदाररूपमा जनतामा लैजानुपर्छ ।’  

प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने– ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’  
जनयुद्धका महान शहीदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको प्रचण्डले स्पष्ट गरे ।

salt training

कमेन्ट गर्नुहोस्