०५ साउन २०८३, मंगलबार

दुना टपरी बनाउन मशिनको प्रयोग

भदौ २०, २०८१
झापा
दुना टपरी बनाउन मशिनको प्रयोग

वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले जिल्लाका दुई सामुदायिक वनले मशिनद्वारा उत्पादन गर्ने तयारी गरेका छन् ।​

झापाको कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समिति र मेचीनगर नगरपालिकामा रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर २ ले मशिनबाट सालको पातको दुना टपरी उत्पादनको तयारी गरेका हुन् । 

दुवै सामुदायिक वनलाई डिभिजन वन कार्यालयले मशिन अनुदानमा उपलब्ध गराएको जनाएको छ ।

पाँच लाख रुपैयाँ मूल्य बराबरको मशिन गत वर्ष जामुनखाडी र यसवर्ष मागुरमाडीलाई उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले बताए । 

उनले सामुदायिक वन उपभोक्ता समितिले अति विपन्न तथा गरिब उपभोक्ताको छनोट गरी दुना टपरी बनाइ स्वरोजगार बनाउनुपर्ने बताए । बजारमा भारतबाट आयातीत प्लाष्टिकका सामग्रीलाई यसले विस्थापित गर्ने उनको भनाइ छ । 

सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले स्थानीय वनले उत्पादन गरेका दुना टपरीको बजारीकरणमा सहयोग गर्ने बताए । नेपालीको जन्मदेखि मृत्यु सँस्कारसम्म सालको पातको दुना टपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने उनको भनाइ छ ।

यसअघि जिल्लामा सुपारीको पातको दुना टपरी बनाउने कारखाना स्थापना भए पनि सालको पातको टपरी बनाउने मशिन भने पहिलोपटक ल्याइएको हो ।

दशैं अघिदेखि नै दुवै सामुदायिक वनले उपभोक्तामार्फत दुना टपरी उत्पादन शुरू गर्ने जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्