२८ असार २०८३, आइतबार

ओलीलाई प्रचण्डको जवाफ- जनताको राउण्ड किक् कस्तो हुन्छ, अब तिनले देख्नेछन्

भदौ २०, २०८१
काठमाडौं
ओलीलाई प्रचण्डको जवाफ-  जनताको राउण्ड किक् कस्तो हुन्छ, अब तिनले देख्नेछन्
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको बताएका छन् ।

शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बलिदानीपूर्ण संघर्षमाथि धावा बोल्नेहरूको भण्डाफोर गर्नुपर्ने बताए । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले 'प्रचण्डलाई राउण्ड किक् हाने'को भनेर दिएको अभिव्यक्तिको पनि जवाफ फर्काए । प्रधानमन्त्रीमै बसेका नेताले ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर बोलेको कुरा आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’

एमाले अध्यक्षसमेत रहेका ओलीले बिहीबार पार्टीको पोलिटब्यूरो बैठक समापनका क्रममा नयाँ समीकरणको सन्दर्भ उल्लेख गर्दै 'प्रचण्डले छुरा तिखारेर बसेकाले आफूले एक राउण्ड किक् दिएको' बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्