
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई महसुल दर स्वीकृतिको सूचना प्रकाशन पछि मात्र सेवा शुल्क लागू गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै अनुमति पत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरूले ग्राहकसँग लिने शुल्क तथा महसुल दर स्वीकृत भएको सूचना प्रकाशन गरे पश्चात् मात्र महसुल दर लागू गर्न निर्देशन दिएको हो ।
इन्टरनेट (इमेलसहित) सेवा प्रदायकले महसुल दर स्वीकृत नगराइ विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरूको वेबसाइटमा सूचना प्रकाशन गरी लागू गर्ने गरिएकोमा प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।