
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनीत गरेका छन् ।
उनले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य हरिशरण नेपाली प्रमुख रहेको उक्त विभागको सदस्यमा उनीहरूलाई बिहीबार मनोनीत गरेका हुन् ।
मनोनीत हुनेहरूमा डीपी अर्याल- काठमाडौं, बमबहादुर डीसी- दाङ, भीमार्जन आचार्य- काठमाडौं, तारा राई- उदयपुर, प्रभातकुमार ललन- सप्तरी, राजेन्द्र बुढाथोकी- दाङ, तेजबहादुर गोदार- मकवानपुर, जयबहादुर बीसी(बुढा)- सुर्खेत, कृष्णबहादुर कुँवर- कञ्चनपुर र लीलबहादुर रनपाल- स्याङ्जा रहेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
