२३ असार २०८३, मंगलबार

करेन्ट लागेर १ जनाको मृत्यु

भदौ २०, २०८१
बर्दिया
करेन्ट लागेर १ जनाको मृत्यु

बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुलरिया नगरपालिका- ११ बाधापुरका २१ वर्षीया अस्मिन गद्दी छिन् । उनको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा टेबुल पङ्खा चलिरहेको अवस्थामा सोही पङ्खालाई घुमाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्