१७ असार २०८३, बुधबार

वैशाखमा महाधिवेशन गर्ने लोसपाको निर्णय, कर्णको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन

भदौ २१, २०८१
काठमाडौं
वैशाखमा महाधिवेशन गर्ने लोसपाको निर्णय, कर्णको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले अहिलेको केन्द्रीय कार्य समितिलाई केन्द्रीय महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय गरेको छ ।

अध्यक्ष  महन्थ ठाकुरको अध्यक्षतामा भदौ १९ र २० गते बसेको पदाधिकारीको बैठकले आगामी वैशाख २६ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यस्तै, साधारण सदस्यताका लागि प्रत्येक जिल्लामा कार्तिक मसान्तसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संविधान संशोधनका लागि विगतमा उठाइएका मधेशका सबै मुद्दाहरूको संकलन गर्दै मधेशी, थारू र अन्य उत्पीडित जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको लागि अपिल गर्नका लागि लक्ष्मणलाल कर्णको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको छ ।

दानबहादुर विश्वकर्मा र परमेश्वर साह उक्त कार्यदलका सदस्य छन् ।​

वृहत् राजनीतिक शक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शक्तिलाई सर्वसम्मतीले घर फिर्ताका लागि पार्टीले आह्वान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्