
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ ।
आज ब्रह्मपुरी गाउँपालिका–४ शेष टोल नजिकै झिमखोलामा डुबेको अवस्थामा भारतको सीतामढी जिल्ला ग्राम पञ्चायत सोनवर्षा–९ बस्ने ४८ वर्षीय इन्दल महतोको शव फेला परेको हो ।
महतोलाई खोलामा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्कापछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।