
कैलालीको खुटिया नदीमा डुबेर आज एक किशोरी बेपत्ता भएकी छिन् ।
बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका–१४ जी गाउँ बस्ने की १६ वर्षीया जेनिसा अवस्थी रहेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहोराले जानकारी दिए ।
उनका अनुसार धनगढी उपमहानगरपालिका–१५ र ७ को बीचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा नुहाउने क्रममा अवस्थी र उनकी बहिनी १४ वर्षीया सवी अवस्थी डुबेका थिए ।
प्रहरी र स्थानीयको सहयोगमा सवीको उद्धार गरिएको थियो भने जेनिसा बेपत्ता भएकी छिन् ।
सवीको अवस्था गम्भीर रहेको र बेपत्ता जेनिसाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।