२३ असार २०८३, मंगलबार

प्रधानमन्त्रीसमक्ष एमाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कमिटीको माग

भदौ २३, २०८१
काठमाडौं
प्रधानमन्त्रीसमक्ष एमाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कमिटीको माग

 प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कमिटीले जिल्लाको विकास निर्माण र भौतिक पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सो जिल्लाका केन्द्रीय  सदस्य, पार्टीबाट गण्डकी प्रदेश सरकारमा रहेका मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितको प्रतिनिधिले सो ध्यानाकर्षण गराएका हुन् । 

मागपत्रमा जिल्लाको नामकरण नवलपुर राखिनुपर्ने, धौवाधी फलाम खानीको उत्खनन कार्य निरन्तर हुनुपर्ने, त्रिवेणी- दुम्कीबास सडक, हुलाकी राजमार्ग, नमुना सदरमुकाम निर्माण र त्रिवेणी भन्सार संचालन हुनुपर्ने लगायत छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रले धान्ने अवस्थालाई ख्याल गरेर विकास निर्माणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे  । उनले उत्पादकत्व वृद्धि र लोकतन्त्रको रक्षामा आफ्नो तर्फबाट लाग्न आव्हान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्