२५ जेठ २०८३, सोमबार

भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित

भदौ २३, २०८१
काठमाडौं
भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित

भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

पाँच पटकका ओलम्पियन तथा निशानाबाज (सुटर) रहेका ७७ वर्षीय सिंहले सन् २०२४ देखि सन् २०२८ सम्म जिम्मेवारी सम्हाल्नेछन् । 

एसियामा शीर्ष खेलकुदको जागिर लिने पहिलो भारतीय सिंह ४५ मध्ये ४४ मतले निर्वाचित भएका हुन् ।  अध्यक्ष, उपाध्यक्ष र पाँच कार्यसमिति सदस्य सबै निर्विरोध भएका छन् ।

नयाँ बोर्डका तर्फबाट सिंहले भने, “तपाईंले हामीलाई देखाउनुभएको माया र स्नेहका लागि हामी धेरै सम्मानित छौँ । तपाईंलाई हृदयदेखि नै धन्यवाद ।”

सिंह सन् २००१ र सन् २०१४ को बीचमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्य थिए। त्यसपछि उनी विश्व खेलकुद निकायको मानार्थ सदस्यका रूपमा रहे । 

एसियामा ‘ओलम्पिक काउन्सिल अफ एसिया’ खेलकुदको शासकीय निकाय हो ।

salt training

कमेन्ट गर्नुहोस्