२४ जेठ २०८३, आइतबार

मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको निर्देशन

भदौ २३, २०८१
कास्की
मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्माणधिन मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई निर्देशन दिएका छन् । 

मुख्यमन्त्रीको कार्यालयमा आज आयोजित सरोकारवासँगको छलफलमा मुख्यमन्त्री पाण्डेले मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतिको काम सुस्त भएको भन्दै सहज रुपमा आवतजावत गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन् । 

छलफलमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक योजनाका प्रमुख, विद्युत प्राधिकरणका इकाई प्रमुख लगायतको उपस्थिति थियो । पुर्वीखण्डमा अहिले केही सहज भए पनि पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती पाएको र कुनै समस्या भए सरकारले सहजीकरण गर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले कामको गति छिटो बनाउन निर्देशन दिए । 

निर्माणाधि सडको पूर्वीखण्डमा ६४ प्रतिशत काम सकिएको छ भने पश्चिम खण्डमा ३० प्रतिशत मात्रै काम भएको छ ।
सरोकारवालाको छलफलले दोहोर कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी रकम नघट्ने गरी निर्माण सामग्रीमा कानुन बमोजिम एकमुष्ट रोयल्टी लिने निर्णय गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्