
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीले खाजा खान आधा घण्टाभन्दा बढी समय लगाए हेलो सरकारमा उजुरी गर्न सेवाग्राहीलाई अनुरोध गरेका छन् । ओलीले कर्मचारीले खाजा खाने समय हरेक दिन दिउँसो १ः३० देखि २ बजेसम्म कायम गरिएको सामाजिक सञ्जालमार्फत जनएका छन् ।
‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ’, ओलीको भनाइ छ, ‘ खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।’
उनले अगाडि भनेका छन्, ‘कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १।३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।’