०८ साउन २०८३, शुक्रबार

नेपाली भलिबल टिम 'काठमाडौं स्पाइकर्स'को लोगो सार्वजनिक

भदौ २४, २०८१
काठमाडौं
नेपाली भलिबल टिम 'काठमाडौं स्पाइकर्स'को लोगो सार्वजनिक

नेपाली भलिबल टिम काठमाडौं स्पाइकर्सले लोगो सार्वजनिक गरेको छ ।

काठमाडौं शहरको समृद्ध संस्कृति र आफ्नो सफलताको बलियो चाहना समेट्ने चिन्हको रूपमा लोगो निर्माण गरिएको स्पाइकर्सले जनाएको छ ।

एभरेष्ट वुमेन्स भलिबल लिगको एक फ्रन्चाइजीको रूपमा काठमाडौं स्पाइकर्स रहेको छ । महिला खेलाडीहरूलाई प्रेरणा दिने र उनीहरूलाई बलियो बनाउने लक्ष्यसहित नेपालको राष्ट्रिय खेल भलिबलको इतिहासमा एउटा नयाँ अध्यायको शुरूआत भएको स्पाइकर्सले जनाएको छ ।

शरदकुमार टिबरेवालाको स्वामित्वमा रहेको स्पाइकर्सले खेलकुदमा नेपाली महिलाहरूको सहभागितालाई बढाउने र खेल स्तरलाई अझै माथि उठाउने लक्ष्य राखेको छ।

खेलकुदको प्रवर्द्धन गर्दै नयाँ पुस्ताका खेलाडीलाई बलियो बनाउन प्रतिबद्ध स्पाइकर्सले एउटा टिम मात्र नभई नेपाली महिलाहरूको बल र जोशको प्रमाणको रूपमा समेत उभिएको दाबी गरेको छ ।

लोगो सार्वजनिक गर्ने क्रममा काठमाडौं स्पाइकर्सकी सीओओ सुदीक्षा अधिकारीले काठमाडौं स्पाइकर्स आफ्नो छुट्टै प्रभाव छोड्न आएको बताइन् । 'टिमको लोगो सार्वजनिक भएसँगै नेपाली युवा महिलाहरूलाई प्रेरणा दिने यात्रामा हामीले आज आफ्नो पहिलो पाइला चालेका छौं,' उनले भनिन्, '​भलिबल राष्ट्रिय खेल मात्र नभई हाम्रो एकता र बलको चिन्ह पनि हो। काठमाडौंको प्रतिनिधित्व गर्दै एभरेष्ट वुमेन्स भलिबल लिगमा आफ्नो छाप छोड्न हामी तयार छौं।'

सार्वजनिक नयाँ लोगोमा काठमाडौं शहरको समृद्ध संस्कृतिलाई बुझाउने गोल्डेन, सिल्भर र कालो रंगको आकर्षक संयोजन गरिएको छ।

लोगोको केन्द्रमा रहेको मन्दिरले शहरको आध्यात्मिक मूल र यसको गहिरो सांस्कृतिक विशेषताहरूलाई प्रतिनिधित्व गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्