०८ साउन २०८३, शुक्रबार

वनमन्त्री शाही ब्राजिल प्रस्थान

भदौ २५, २०८१
काठमाडौं
वनमन्त्री शाही ब्राजिल प्रस्थान

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ब्राजिल प्रस्थान गरेका छन् । ब्राजिलको रियो दि जेनेरियोमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन वन मन्त्री शाही नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत वातावरण संस्था ‘यूएनइपी’को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८ गतेसम्म हुने मन्त्रालयले जनाएको छ । 

‘दिगो उत्पादन तथा प्रयोग र चलायमान अर्थतन्त्र अवधारणा’ विषयक ज्ञानलाई सम्बोधनगरी समझदारी तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ हुन लागेको सम्मेलनलाई मन्त्री ठकुरीले भदौ २८ गते सम्बोधन गर्ने तालिका छ ।

न्यायोचित तथा दिगो भविष्य बनाउन जलवायु परिवर्तनजस्ता सङ्क्रमण अवस्थालाई गतिशील गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्बन्धित सरोकारवालाबीच सहकार्य र समझदारीको विकास गर्ने सम्मेलनको उद्देश्य रहेको छ । मन्त्री ठकुरी भदौ ३० गते स्वदेश फर्कने छन् । 

salt training

कमेन्ट गर्नुहोस्