०४ असार २०८३, बिहीबार

पाँच महिनादेखि चिकित्सक बेपत्ता

भदौ २७, २०८१
काठमाडौं
पाँच महिनादेखि चिकित्सक बेपत्ता

भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता छन् । 

काठमाडौंमा बस्दै आएका उनी सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए । सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताइन् । 

प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्