२३ असार २०८३, मंगलबार

नेकपा बहुमतले भ्रष्टाचारविरुद्ध पालिका र जिल्ला केन्द्रित कार्यक्रम गर्ने

भदौ २७, २०८१
काठमाडौं
नेकपा बहुमतले भ्रष्टाचारविरुद्ध पालिका र जिल्ला केन्द्रित कार्यक्रम गर्ने

नेकपा (बुहमत)ले भ्रष्टाचारविरुद्ध जनएकता कार्यक्रमअनुसार पालिका र जिल्ला केन्द्रित कार्यक्रम गर्ने भएको छ ।

योभन्दा पहिला प्रदेश केन्द्रित कार्यक्रम गर्दै आएको पार्टीले अब जिल्ला र पालिका केन्द्रित कार्यक्रम शुरूआत गर्न लागेको हो । 

बहुमतको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा पत्रकार सम्मेलनगरी भ्रष्टाचार गरेका, विभिन्न मुद्दामा आरोपित व्यक्तिहरूलाई जिल्ला प्रवेशमा रोक लगाउनेदेखि लिएर पुत्ला दहनसम्मको कार्यक्रम सार्वजनिक गरेको हो । 

पार्टीका लुम्बिनी प्रदेश ईन्चार्ज तिलकले केन्द्रीय कमिटीले प्रदेश र केन्द्रीय स्तरको जनदबाबका कार्यक्रम जारी राख्ने र जिल्ला केन्द्रित र पालिका केन्द्रीय कार्यक्रममा अब प्रदेश ब्यूरोले काम अगाडि बढाउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्