३१ जेठ २०८३, आइतबार

रुख काट्ने क्रममा च्यापिएर तनहुँमा एक जनाको मृत्यु

भदौ २७, २०८१
तनहुँ
रुख काट्ने क्रममा च्यापिएर तनहुँमा एक जनाको मृत्यु

तनहुँको भिमाद नगरपालिका–६ स्थित रङ्गशालानजिकै रुख काट्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । 

सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले लागेर घाइते कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो । 

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । -रासस 

salt training

कमेन्ट गर्नुहोस्