०९ साउन २०८३, शनिबार

गण्डकी प्रदेशद्वारा अपाङ्गतासम्बन्धी ऐन ल्याउने तयारी

भदौ २७, २०८१
कास्की
गण्डकी प्रदेशद्वारा अपाङ्गतासम्बन्धी ऐन ल्याउने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले अपाङ्गतासम्बन्धी ऐन ल्याउने तयारी गरेको बताएका छन्।
    
राष्ट्रिय अपाङ्ग कोषद्वारा आज पोखरामा आयोजित ह्विलचेयर वितरण कार्यक्रममा उनले अपाङ्गतासम्बन्धी ऐनको तयारी भइरहेको बताउँदै प्रदेश सरकारले निर्माण गर्ने संरचना अपाङ्गमैत्री हुनुपर्ने नीति लिइएको बताए । 
    
यसका लागि प्रदेश सरकार मातहतका सबै निकायलाई निर्देशन दिइएको बताउँदै उनले भने, “यसअघि बनेका पुराना संरचना धेरैजसो अपाङ्गमैत्री छैनन्, अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने नीति छ ।”
     
अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण, सशक्तीकरण, क्षमता विकास, सहायता सामग्री वितरणलगायत काम सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालयमार्फत प्रदेश सरकारले गरिरहेको उनले बताए । 

अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको र यस विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले लक्षित वर्गलाई समेट्ने गरी नीति, कार्यक्रममा  विशेष ध्यान दिइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्