१२ साउन २०८३, मंगलबार

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै

भदौ २८, २०८१
काठमाडौं
प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै

संवैधानिक परिषद्को बैठक आज बस्दै छ । यसअघि बुधबार बोलाइएको बैठक पूर्वतयारी नभएको कारण देखाएर आजलाई सारिएको थियो । आजको बैठकबाट प्रधानन्यायाधीश सिफारिस हुने सम्भावना छ । 

६५ वर्षे उमेरहदका कारण आगामी असोज १८ देखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा जाँदैछन् । संविधानतः अवकाशमा जानुभन्दा एक महिनाअगाडि नै अर्को प्रधानन्यायाधीशको नाम सिफारिश हुनुपर्ने हो । तर, पछिल्लो सत्ता समीकरणमा विपक्षीको बहुमत भएपछि सरकारले सिफारिशका लागि संवैधानिक परिषद्को बैठक नै राख्न सकेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद् बैठक बस्नुअघि बिहीबार सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा छलफल गरेका थिए । दाहालले प्रधानन्यायाधीशसँगै संवैधानिक निकायका रिक्त सबै पदमा तत्काल नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

निर्वाचन आयोगमा पनि डेढ वर्षदेखि १ आयुक्तको नियुक्ति हुन सकेको छैन । समावेशी आयोगमा अध्यक्ष र महिला आयोगमा सदस्य पनि नियुक्ति हुन बाँकी छ । विभिन्न आयोगमा गरी ७/८ वटा पद खाली रहेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । तर, यी पदहरूमा आजै नियुक्ति सिफारिस हुने सम्भावना भने कम रहेको स्रोत बताउँछ । 


 

salt training

कमेन्ट गर्नुहोस्