३१ जेठ २०८३, आइतबार

तनहुँमा थपिए ७ सय ७० साना उद्योग

भदौ २८, २०८१
काठमाडौं
तनहुँमा थपिए ७ सय ७० साना उद्योग

आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालय तनहुँमा सात सय ७० उद्योग थपिएका छन् ।

उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् ।

उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १५ लाख कम राजस्व सङ्कलन गरेको छ ।

आव २०७९/८० मा ६६ लाख चार हजार दुई सय राजस्व सङ्कलन गरेको यो कार्यालयले आव २०८०/८१ मा रु ५१ लाख चार हजार आठ सय राजस्व सङ्कलन गरेको  जनाएको छ ।

'अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालू आवमा नवीकरण हुन थालेपछि राजस्वमा वृद्धि हुन थालेको छ, आव २०८०/८१ मा एक हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएका छन्,' कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने ।

त्यसैगरी २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् ।

चालू आवमा उद्योगतर्फ साउन महिनामा तीन सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा दुई सय ११ वटा उद्योग नवीकरण भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्