
ललितपुरको कोञ्ज्योसोमबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोञ्ज्योसोम गाउँपालिका- १ ठोस्ने खोला बस्ने २१ वर्षीय सन्तोष सापकोटा छन् ।
उनलाई एक थान भरुवा बन्दुकसहित बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारेको थियो।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।